|

काभ्रे : जिल्लाका केही पालिकामा मतगणना  सुरु भएको छ। बनेपा, मण्डन देउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु गाउँपालिकाको मतगणना सुरु भएको हो। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा ६५ प्रतिशतल मत खसेको छ। महाभारत गाउँपालिकामा ७५ प्रतिशत मत खसेको छ। 

त्यस्तै कोसीपारिस्थित चौँरी देउराली गाउँपालिकामा ६०.०८ प्रतिशत र भुम्लु गाउँपालिकामा ७०.२९ प्रतिशत मत खसेको छ। 

त्यस्तै तेमाल गाउँपालिकामा ६८.७२ प्रतिशत, रोशी गाउँपालिकामा ७१.५२ प्रतिशत र बेथानचोक गाउँपालिकामा ६८.५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए।

बनेपामा ७७.८५ प्रतिशत, मण्डनदेउपुर ७५.७५ प्रतिशत, धुलिखेलमा ७७.७९ प्रतिशत, नमोबुद्धमा ७५.०८ प्रतिशत, पनौतीमा ७२ प्रतिशत र पाँचखाल नगरपालिकामा ७४.८८ प्रतिशत मत खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.