|

काठमाडौं : मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनसिं लालचन २ मतान्तरले विजयी भएका छन्। उनी एमालेका उम्मेदवारलाई २ मतले हराउँदै अध्यक्ष विजयी भएका हुन्। 

कांग्रेसका लालचन ७६० मत पाएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाए। 

त्यसैगरी कांग्रेसकै जमुना थापा मगर ६९३ मत पाएर उपाध्यक्षमा विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन्।

मुख्य निर्वाचन कार्यालयका अनुसार घरपझोङ गाउँपालिकामा १ हजार ५९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.