|

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।

मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १४४ मत पाएका छन्।

त्यसैगरी बित्थडचिर गाउँपालिकामा पनि नेकपा एमालेले अग्रता लिएको छ। वडा नं. १ को ४ सय ८ मत गणना हुँदा अध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार लोकेन्द्र बोहराले २३१, नेपाली कांग्रेसका अमर महरले १२६ मत र नेकपा एकीकृत समाजवादीका जय बोहराले १५ मत प्राप्त गरेका छन्।

यस्तै खप्तडछान्ना गाउँपालिकामा एमालेका उम्मेद्वार लोकेन्द्र बहादुर सिंहले २ सय ५६ मतसहित अग्रता लिएका छन्। वडा नं. १ मा ४ सय ९४ मतगणना हुँदा दाेस्राे स्थानमा रहेका गठबन्धनका उम्मेद्वार उत्तम कुमार राेकायाले २ सय ३८ मत पाएका छन्। वडा नं १ मा २ सय ५१ मत गणना हुन बाँकी छ।

नेटवर्कको समस्याका कारण बुंगल नगरपालिकाको अप्डेट भने प्राप्त हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.