|

सुर्खेत :  स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर सुर्खेतमा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ। वीरेन्द्रनगर -३ मा रहेको हरि डिल भूमी माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको गएराति वीरेन्द्रनगर–८ मा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । उनी सवार कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.