|

बझाङ : बझाङका १७९ मतदान केन्द्रमा शुक्रबार मतदान कार्य सम्पन्न भएको छ भने ४ मतदान स्थलमा मतदान स्थगित गरिएको छ। जसमा जयपृथ्वी नगरपालिका –७ सुवेडाको सुनिपिपल चौर माविको मतदान केन्द्रमा गठबन्धनका उम्मेदवारको तर्फबाट एजेन्ट बसेकी रमादेवि जोशीले मतपेटिकामा लात हानेपछी विवाद सुरु भएकाे थियाे। उक्त विवाद झडपमा परिणत भइ मतदाताहरूले गठबन्धनका माधव जोशीलाई कुटपिट गर्दा घाइते भएका छन्।

त्यस्तै सुर्मा गाउँपालिकाको २ मतदान स्थलमा मतदान स्थगित गरिएको छ। जसमा सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी र वडा नम्बर ३ को कृष्ण प्रावि रहेका छन्। अशक्तहरुको मत हाल्ने क्रममा गठबन्धन र एमालेका एजेन्ट विच विवाद हुँदा मतदान स्थगित गरिएको हो।

केदारस्युँ गाउँपालिका– ४ जगनाथ मावि शैन्सुमा रहेको मतदान स्थलमा पनि विवाद हुँदा मतदान कार्य स्थगित गरिएको छ। उक्त स्थानमा स्वतन्त्रका उम्मेदवार विरेन्द्र मल्ल, जय बहादुर धामी र पदमराज भट्ट घाइते भएका छन्। उनको जिल्ला हस्पताल सिमखेतमा उपचार भैरहेको छ।

कुन स्थानियतहमा कति मत खसे?

साइपाल गाउँपालिकामा १ हजार ४ सय ९९ मतदाता रहेकामा ६५७ महिला, ५६८ पुरुष गरी १ हजार ३२५ मत खसेकाे छ। केदारस्युँमा १२ हजार ५२ जना मतदाता रहेकाेमा ३ हजार ७८० महिला, ३ हजार १४७ पुरुष गरी ६ हजार ९२७ मत खसेकाे छ।

त्यस्तै खप्तडछान्नामा ११ हजार १३६ मतदाता रहेकामा ३ हजार ६५३ महिला, २ हजार ८७५ पुरुष गरी ६ हजार ५२८ मत खसेका छन्। छविसपाथिभेरामा १० हजार ३४३ मतदाता रहेकाेमा ३ हजार ३८३ महिला, ३ हजार ७४ पुरुष गरी ६ हजार ४५७ मत खसेकाे छ।

तलकोटमा ७ हजार ६०७ मतदाता रहेकामा २ हजार ८९९ महिला, २ हजार ४७७ पुरुष गरी ५ हजार ३७६ मत खसेकाे छ। थलारामा ११ हजार ३२५ मतदाता संख्या रहेकामा ३ हजार ९०३ महिला, २ हजार ९८५ पुरुष गरी ६ हजार ८८८ मत खसेका छन्। दुर्गाथलीमा ९ हजार ३४ मतदाता रहेकामा ३ हजार १७ महिला, २ हजार ४१६ पुरुष गरी ५ हजार ४३३ मत खसेका छन्। मष्टामा ८ हजार ९९४ मतदाता संख्या रहेकोमा ३ हजार ८० महिला, २ हजार ६४६ पुरुष गरी ५ हजार ६२६ मत खसेका छन्।

वित्थचिरमा १० हजार ९३८ मतदाता संख्या रहेकोमा ४हजार ३३४ महिला, ३ हजार ४५८ पुरुष गरी ७ हजार ७९२ मत खसेका छन्। सुर्मा गाउँपालिकामा ५ हजार ३४२ मतदाता रहेकामा १ हजार २०६ महिला, १ हजार ३०६ पुरुष गरी २ हजार ५१२ मत खसेका छन्। जयपृथ्वी नगरपालिकामा १४ हजार २९१ मतदाता रहेकामा ४ हजार २७१ महिला, ३ हजार ६६३ पुरुष गरी ७ हजार ९३४ मत खसेका छन्।

बुंगल नगरपालिकामा १९ हजार ५७६ मतदाता रहेकामा ७ हजार १३५ महिला, ६ हजार २७९ पुरुष गरी १३ हजार ४१४ मत खसेका छन् । जिल्ला भर ७६ हजार ३ सय १२ मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जानकारी दिएको छ।

मतगणना कुनकुन स्थानियतहमा सुरु भयो?

हाल सम्म १ नगरपालिका र ३ वटा गाउँपालिकामा मात्रै मतगणना सुरु भएको छ। जसमा बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना र वित्थडचिर
गाउपालिकामा मतगणना सुरु भएको छ। केदारस्युँ गाउपालिका, सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा स्थगित गरिएको मतदान सुचारु नभए सम्म मत गणना नहुने मुख्य निर्वाचन अधिकृत विष्नुप्रसाद अवस्थीले बताए ।

५ वटा पालिकामा भने अहिले सर्वदलिय बैठक बसिरहेको छ। झाबका चार स्थानीय तहमा तत्काल मतगणना नहुने भएको छ। जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा विवादले मतदान स्थगित भएकाले पुनः मतदान भएपछि मात्रै मतगणना हुने भएको हो।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ६ नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमाले पुनः मतदान गर्न माग गरेको छ। त्यहाँ मतगणना हुन नसकेको छबिसपाथिभेरा १ वडाध्यक्ष नैन बोहराले बताए। जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडास्थित सुनिपिपल मावि मतदानस्थलमा नेकपा माओवादीका एजेन्टले मतपेटी कब्जा गर्न खोजेपछि उत्पन्न झडपले मतदान स्थगन भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताए।

यस्तै केदारस्युँ ४ स्थित जगन्नाथ माविमा स्वतन्त्र उम्मेदवारका आफन्तले फर्जी मत खसालेको भन्दै उत्पन्न विवादले त्यहाँ पनि पुनः मतदान हुने भएको छ। यता सुर्मा गाउँपालिका २ को आधाबगर मावि मतदानस्थल र ३ को कृष्ण मावि काटैमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको झडपले स्थगित मतदान पुनः हुने भएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.