|

सल्यान :  कुमाख गाउँपालिका वडा  ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएका छन्। वडा ७ मा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर शाही विजयी भएका हुन्।

शाहीले ६४३ मत लिई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस(एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन्। त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।

वडा-७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा हो। कुल मतदाता १९८९ रहेको वडा ७ मा १३३८ मत खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.