|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल) विजयी भएका छन्।

वडाध्यक्षमा निर्वाचित धामीले ५०७ प्राप्त गरे। उनका प्रतिद्वन्द्वी एमालेका केशवराज अवस्थीले ४ सय ४० मत ल्याउँदा कांग्रेसका कृष्ण विष्टले ३ सय १२ मत ल्याए।

परशुराम–१ मा धामी प्यानलसहित विजयी भएका हुन्। वडा सदस्यमा दुरा खातीले ५०४, दलित महिला सदस्य राधिका विकले ५०१ तथा २ खुला सदस्य गौरीलाल कामी र मान बिष्टले क्रमशः ५०८ र ५१० मत ल्याएका छन्।

वडा नम्बर १ बाट नगरपालिकाको मेयरमा माओवादीका शेरसिंह माल ‘डायमण्ड’ ले ५ सय २८ मत पाउँदै उपमेयरमा पनि समान ५२८ मत नै खसेको छ।

यस्तै, कांग्रेसबाट मेयरका उम्मेदवार भरत बडायर जोशीले ४ सय ५२ मत ल्याउँदा कांग्रेसकै उप-मेयर उम्मेदवारले ३७६ मत पाएका छन्। एमालेबाट मेयरका प्रतिस्पर्धी केशव बोहराले २ सय ६७ मत पाउँदा उपमेयरमा ३ सय ३२ मत खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.