भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका १ को वडाध्यक्षमा एमालेबाट कुमार विष्ट विजयी बनेका छन्। विष्ट ४५९ मत ल्याएर विजयी बनेका हुन्।
विष्टका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका पृथ्वी बहादुर थापाले २८४ मत ल्याएका छन्। सदस्यमा एमालेका रामबहादुर सुवेदी, राजेन्द्र थापा, दलित महिला सदस्यमा सुशीला विक र नेपाली काङ्ग्रेसकी शारदा बस्नेत निर्वाचित भएका छन्।
हतुवागढी गाउँपालिकाको मतगणना शुक्रबार रातिबाट सुरु भएको थियो। हालसम्म हतुवागढी–१ को मतगणना सकिएको छ। यहाँ एमालेबाट अध्यक्षका उम्मेदवार प्रेमकुमार राई आठ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार भन्दा ४४ मतले अगाडि रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।