|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै रहेकाे छ।

सुरुवाती समयदेखि नै अग्रता कायम गरेका मनोज साहले ९ सय ७९ मतगणना हुँदा ३ सय २९ मत ल्याएका हुन्।

यस्तै पाँचदलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले ४८ मत मात्र ल्याएका छन्।

नेकपा एमालेका शिवशंकर साहले १ सय २५, स्वतन्त्र उम्मेदवार बलराम महतोले ७५, लोसपाका मनोज चौधरी ५७, स्वतन्त्र उम्मेदवार जानकीराम साह ३४, जनमत पार्टीकी अनिता देवी साह १९, तमलोपाकी विभा ठाकुरले ११ मत ल्याएका छन्।

यस्तै उपमेयर तर्फ गठबन्धनका कांग्रेसबाट उम्मेदवार रहेकी किशोरी साहले ३ सय ८६ मत ल्याएकी छन्।

यस्तै एमालेकी रुना झाले १ सय ४९, लोसपाकी निवर्तमान उपमेयर रीता कुमारी मिश्रले ७६ र निर्मल चौधरीले ७२ मत ल्याएका हुन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.