|

धनगढी : कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ।

शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन्।

नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त गरेका छन्। 

तेस्रो स्थानमा रहेको गठबन्धनका तर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले २१९ मत र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.