|

धादिङ:  गल्छी गाउँपालिका १ बाट एमालेले विजयी शुरुवात गरेको छ। गल्छी गाउँपालिका वडा नम्बर १ मा वडाअध्यक्षसहित प्यानल नै विजयी भएको हो। 

वडाध्यक्षमा विजयी यदु कुमार खतिवडाले ११ सय ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका माधव प्रसाद खतिवडाले ९९६ मत प्राप्त गरेका थिए। 

एमालेका खतिवडाले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार पराजित  खतिवडालाई १३९ मतको अन्तरले पराजित गरेका हुन्।  वडा सदस्यहरु पनि सवै एमालेका उम्मेदवारहरू विजयी भएका छन्।

यस वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ मत पाएका छन्। गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७९२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाइ काजी श्रेष्ठले ११०६ मत पाएका छन् भने एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.