|

विराटनगर : विराटनगर महानगरपालिकामा १८८२ मत गणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले ६१२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सागर थापाले ४५३ मत प्राप्त गरेका छन्।

अहिले विराटनगरका १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना भईरहेको छ।

राप्रपाले एक र जसपाले एक एक वडामा अग्रता कायम गरेका छन्। वडा नम्बर २ मा राप्रपा वडाध्यक्षका उमेदवार सबैभन्दा अगाडि छन्। वडा नम्बर १७ मा जसपाका उमेदवारले अग्रता कायम गरेका छन्।

वडा नम्बर १ को अध्यक्षमा एमालेका उमेदवारले १०५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवारले १३६ मत प्राप्त गरेका छन्।

वडा नम्बर २ मा राप्रपाका उमेदवारले ११५ मत प्राप्त गरेका छन्। एमालेले १०४ र कांग्रेसको मत ६४ छ। वडा नम्बर १९ को अध्यक्षमा कांग्रेसका उमेदवारले १२८ र एमालेले १२३ मत प्राप्त गरेका छन्।

वडा नम्बर १८ मा कांग्रेसले ५४, एमालेले ३६ र जसपाले १९ मत प्राप्त गरेका छन्। वडा नम्बर १७ मा जसपाले १९८, कांग्रेसले १०५ र एमालेले १०९ मत प्राप्त गरेका छन्। वडा नम्बर १६ मा कांग्रेसका वडाध्यक्ष उमेदवारले ५६, एमालेले ३८ र जसपाले ४० मत प्राप्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.