|

झापा : भद्रपुरमा नेकपा (एमाले)ले विजयी शुरुवात गरेको छ। भद्रपुर वडा नम्बर १ मा एमालेको वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएको छ। वडा अध्यक्षमा एमालेका राम अधिकारी निर्वाचित भएका हुन्।

उनले ९३७ मत ल्याइ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद शिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन्।

शिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए। वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.