|

मुस्ताङ :  लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्।

गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले जनाएको छ।

गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका टसी गुरुङले ५१४ र उपाध्यक्षमा विष्टकी प्रतिस्पर्धी छिरिङ ढोका गुरुङले ५२९ मत पाएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताए।

लोमान्थाङ- १ र ५ मा कांग्रेसका तथा २, ३ र ४ नं वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा- १ मा पेमाआङग्या गुरुङ, २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ र ५ मा ढुक्के विष्ट वडाध्यक्षमा निर्वाचित भएका छन्।

पाँचवटा वडा रहेको लामोन्थाङमा एक हजार ९४८ जना मतदाता रहेकामा शुक्रबार मतदानमा एक हजार २३१ मत खसेको थियो। मुस्ताङको पाँचवटा स्थानीय तहमध्ये थासाङ बाहेकका स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। एमालेले लोमान्थाङसहित लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र तथा कांग्रेसले घरपझोङ गाउँपालिकामा जीत हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.