|

सुर्खेत : सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमबार पुनः मतदान हुने भएको छ। 

आधिकारिक हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव हुँदा शुक्रबार स्थगित मतदान सोमबार सात बजेदेखि ५ बजेसम्म हुने भएको हो। 

निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री आज मतदान केन्द्रमा आइपुग्ने जानकारी दिए। पुनः मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी पनि हटाइएका थिए। 

त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ। पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन्। यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा मतगणना कार्य पनि सुरु भएको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.