|

पोखरा : पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ।

एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन्।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेकी छिन्। यस्तै एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेका छन्। महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ।

यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिका १ मा गठबन्धन विजय भएको छ। यस्तै २, ३ र ४ मा कांग्रेसको प्यानल र वडा नं ५ मा वडाध्यक्ष तथा एक  सदस्य कांग्रेस र अन्य एमालेका उम्मेदवार विजयी बनेका छन्। माछापुच्छ्रेको अध्यक्षमा का‌ंग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ तीन हजार ९३० मतसहित अग्रता हासिल गरेका छन भने एमालेका विक्रम गुरुङले तीन हजार ५०६ मत प्राप्त गरेका छन्। 

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले तीन हजार ५५६ मत प्राप्त गरेकी छिन्। एमालेका सीता तिवारीले तीन हजार २५५ मत पाइन्। यस्तै अन्नपूर्ण गाउँपालिकाको वडा नं १० मा कांग्रेसको प्यानल विजयी भएको छ।  ११ मा एमालेको प्यानल विजयी भएको छ।

मादी गाउँपालिकाको वडा नं १ र २ मा कांग्रेसको प्यानल विजयी भएको छ । रूपा गाउँपालिका-१ मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा नं २ र ३ मा एमालेको प्यानलले जित हासिल गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.