|

झापा : भद्रपुर नगरपालिकाकाे मेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका गणेश पोखरेलकाे अग्रता कायमै रहेकाे छ। एमालेका असारु राजव‌ंशीलाई पछि पार्दै पाेखरेलले अग्रता लिएका हुन्।

पाेखरेलले २ हजार १२२ मत ल्याएका छन् भने एमालेका असारु राजवंशीकाे १ हजार ६३४ मत रहेकाे छ। त्यस्तै तेस्राे स्थानमा रहेका राप्रपाका नवराज पनेरुकाे १ हजार ४६७ मत रहेकाे छ।

उपमेयरतर्फ पनि गठबन्धनले नै अग्रता लिइरहेकाे छ। गठबन्धनका उम्मेदवार शिवकुमार राजभण्डारी १ हजार ९५० मतसहित अगाडि छन्। त्यस्तै दाेस्राेमा रहेकी एमालेकी कौशिल्या अधिकारीकाे १ हजार ५६७ र राप्रपाकी राधा कार्कीकाे १ हजार ५०७ मत रहेकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.