|

पाल्पा :  स्याङ्जाको कालीगण्डकी गाउँपालिका - ४ बिर्घामा गठबन्धनको अध्यक्ष र एमालेको चार सदस्य विजयी भएका छन्।

अध्यक्षमा गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार सुन्दर पाण्डे ८८२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पशुपति पाण्डेले ८२४ मत पाएका छन्। 

खुला सदस्यमा नेकपा एमालेका विष्णुप्रसाद पाण्डेले ८९७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फको नेकपा माओवादी केन्द्रका उम्मेदवार लालबहादुर सुनारले ७८८ मत पाएका छन्।

यस्तै एमालेकै गणेशप्रसाद पाण्डेले ८६९ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार गणेशप्रसाद पाण्डेले ८०४ मत पाएका छन्। 

दलित महिला सदस्यमा एमालेकै चन्द्रकला दमाइँ ८६४ मतसहित विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी विष्णुमाया दमाइँले ८३७ मत पाएकी छन्।  यसअघिका निर्वाचनमा यहाँ काँग्रेसले एकलौटी जित हासिल गर्दै आएको थियो।  यो वडा नेपाली कांग्रेसका नेता पूर्व संविधान सभा सदस्य शंकर प्रसाद पाण्डेको पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.