|

काठमाडौं : भक्तपुर नगरपालिकाले नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयलाई तत्काल २ दिन सार्वजनिक बिदा नदिन निर्देशन दिएको छ। नगरपालिकाले आइतबार सूचना जारी गरि सरकारले गरेको साताको दुई दिन सार्वजनिक बिदा लागू नगर्नू भनेको हो।

‘गृह मन्त्रालयको सूचनाअनुसार सम्भवतः २०७९ जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय भएपनि नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्नू,’ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

सरकारले पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय आज जेठ १ गतेदेखि लागू भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.