७ वटा वडामा माओवादी‚ ५/५ वडामा कांग्रेस र एमालेका वडाध्यक्ष

|


धादिङ : धादिङको १३ पालिकाका २० वटा वडामा मतगणना सकिएको छ। ती वडामा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ७ वडामा विजय प्राप्त गरेका छन्।

माओवादीले नीलकण्ठ नगरपालिका-१ मा गणेश गुरुङ, धुनिवेँशी-१ मा मानबहादुर तामाङ तथा सिद्धलेक गाउँपालिका-१ पेमा लामा, बेनिघाट रोराङ-२ मा हेमबहादुर भुजेल, गंगाजमुना-१ मा बहादुरसिंह तामाङ, गजुरी-१ मा तारा भण्डारी र गल्छी गाउँपालिका-३ मा राजन भुजेल निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको खातामा ५ वटा वडा परेको छ। बेनिघाट रोराङ गाउँपालिका-१ वडाध्यक्षमा जीवनसिं तामाङले पहिलो खाता खोलेका थिए। कांग्रेसको तर्फबाट नेत्रावती डबजोङ-१ को वडाध्यक्षमा ठाकुर गुरुङ, रुबीभ्याली-१ मा पम्बर तामाङ, ज्वालामुखी-२ राजु लोप्पा र धुनीवेँशी नगरपालिका-३ मा प्रकाश हमाल निर्वाचित भए।

अहिलेसम्म ५ वटा वडामा विजय हासिल गरेको एमालेले गल्छी गाउँपालिका-१ बाट खाता खोलेको हो। गल्छी-१ मा यदुकुमार खतिवडा, वडा नम्बर २ मा षडानन्द खनाल, ज्वालामुखी-१ मा कृष्ण गिरी, थाक्रे गाउँपालिका-१ मा श्यामसुन्दर थापा र बेनिघाट रोराङ गाउँपालिका-३ मा भुवन त्रिपाठी विजयी भएका छन्।

राप्रपाले खनियावास गाउँपालिका-२ वडाको अध्यक्षमा विजय प्राप्त गरेको छ। वडा नम्बर १ मा सोनाम तामाङ र २ मा अरुणकुमार पाख्रीन राप्रपाबाट निर्वाचित भएका छन्।

नेकपा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले एउटा वडामा अध्यक्ष जितेको छ। रुबीभ्याली गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा एकीकृत समाजवादीकी रुपा घलेले विजय हासिल गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.