धनगढी : बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
कांग्रेसका भरत बहादुर रोकायाले २ हजार ११ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका चतुर्भुज शाहीले १ हजार ७५७ मत ल्याएका छन्।
उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले १ हजार ८१० मत प्राप्त गरी विजयी भएकी छन्। एमालेकी सुलोचना कुमारी भण्डारी बुढाले १ हजार ६३७ मत प्राप्त गरेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।