|

काठमाडौं :  'डिट्ठासाब'को नामले चर्चित हास्य कलाकार किशोर भण्डारी वडा सदस्यको रुपमा निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा भाग लिएका भण्डारी काभ्रेस्थली तारकेश्वर- २ बाट वडा सदस्यमा निर्वाचित भएका हुन्। 

शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा धेरै कलाकारहरूले विभिन्न पदको लागि उम्मेदवारी दिएका छन्। केही कलाकार विभिन्न पार्टीबाट चुनावमा उठेका छन् भने केही कलाकार स्वतन्त्र रुपमै पनि उठेका छन्। 

काठमाडौंको मेयरमा स्वतन्त्र रुपमा उठेका र्यापर बालेन शाह यतिवेला सबैभन्दा बढी चर्चामा छन्। सुरुदेखि नै अग्रता लिएका बालेन झण्डै दोब्बर मतले अगाडि छन्। राप्रपाबाट बरिष्ठ कलाकार मदन दास श्रेष्ठ पनि मेयर पदको प्रतिस्पर्धामा छन्।

त्यस्तै अभिनेता जतिन ताम्राकार विराटनगर महानगपालिका- ९ बाट स्वतन्त्र रुपमा वडाध्यक्ष पदको लागि उठेका छन्। यो साइनो मायाको फिल्ममा अभिनय गरेका जतिन सञ्चारकर्मी पनि हुन्। त्यहाँको पनि मतगणना जारी छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.