|

म्याग्दी : आइतबार राति ९ः५० सम्म म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामध्ये एउटा पालिका र २४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। नेकपा एमालेले मालिका गाउँपालिका अध्यक्ष‚ उपाध्यक्ष र ११ वटा वडा जितेको छ। एउटा वडामा एमालेले जितेको घोषणा गरिए पनि विवाद भएपछि पुनः मतगणनाको निवेदन परेकाले स्थगित भएको छ।

नेपाली कांग्रेसले ९ र माओवादी केन्द्रले ४ वटा वडामा जित हासिल गरेका छन्। एमालेबाट बेनी नगरपालिका-१ मा टेकबहादुर थापा, मंगला-१ कुहुँमा एकतिज रोका, बाबियाचौर-२ मा धनबहादुर खाती क्षेत्री, मालिका-२ मा उदयबहादुर बुढाथोकी, दरवाङ-६ मा पथबहादुर रोका, बिम-७ मा टकलाल पुन, धवलागिरी-२ लुलाङमा एमालेका अकबहादुर विक, रघुगंगा-२ भगवतिमा अमृत भण्डारी, पिप्ले-३ ​मा खिमबहादुर शाही, अन्नपूर्ण-१ दोवामा दिलिपकुमार गर्बुजा, भुरुङ्ग-२ तातोपानीमा ओमप्रकाश फगामी विजयी भएका छन्।

अन्नपूर्ण-३ दानामा पुर्जालाई विजयी घोषणा गरिए पनि विवाद भएपछि पुन: मतगणनाको निवेदन परेकाले स्थगित भएको छ। कांग्रेसबाट बेनपा-२ मा याम कार्की, मंगला-४ मा लालबहादुर रोका, मालिका-१ निस्कोटमा टंकप्रसाद पुन, ओखरबोट-४ मा भिजेन्द्रमान पुन, देविस्थान-५ मा मिम पुन, धवलागिरी मुना-३ मा देवेन्द्र रोका, रघुगंगा-१ बेगमा बिलबहादुर फगामी, दग्नाम-४ मा पविन गर्बुजा र झिँ-५ मा मनबहादुर शेरपुजाले जित हासिल गरेका छन्। 

माओवादी केन्द्रबाट बेनपा-३ भकिम्लीमा पदम पुन, मंगला-३ बरंजामा याम रोका, मालिका-३ डाडागाउँमा मोतिप्रसाद बुढा र धवलागिरी गाउँपालिका-१ गुर्जामा झकबहादुर छन्त्याल निर्विरोध चयन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.