संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिका - १ मा नेकपा माओवादीको प्यानल विजयी बनेकाे छ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार अरुण संगम कुलुङलाई हराउँदै माओवादीका उमेदवार अनिश कुलुङको प्यानल विजयी बनेकाे हाे।
विजेता अनिशले ६१६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेदवार संगमले ५१२ मत प्राप्त गरेका छन्।
अनिशसँगै वडा सदस्यहरूमा मणिकुमार कुलुङ, हेमराज कुलुङ, शान्ति देवी कुलुङ र ईना विश्वकर्मा निर्वाचित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।