|

सल्यान : बनगाड कुपिण्डे नगरपालिका वडा ३ को मतगणना सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रका धनबहादुर पुनमगरको प्यानल विजयी भएकाे हाे।

पुनमगरले ६९२ मत ल्याएका छन् भने एमाले र नेपाली कांग्रेसका उम्मेदवार मोहन पुनले ४८३ मत ल्याएर पराजित भएका हुन्।

महिला सदस्य ददी पुन ६९७, दलित महिला सदस्य सीता कामी ७०८, सदस्यहरु धीरज राना ६९४ र नन्दलाल पुनमगर ७०२ मत सहित विजय भएका छन्। नगर प्रमुख सुरुवातदेखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन्।

प्रमुखमा गठबन्धनका  माओवादी केन्द्रबाट कर्ण बहादुर बुढाथोकीले ३३७४, एमालेका गोविन्द कुमार पुन १८७१, राप्रपाका शिव बहादुर वली  ११८ र राप्रपा नेपालका बालाराम शर्माले ५ मत ल्याएका छन्।

उप प्रमुखमा गठबन्धनका पुरुषोत्तम आचार्यले २४८०, राप्रपाका सृष्टि शाहले १२९ र स्वतन्त्र दिपेन्द्र बिष्टले १७१८ मत ल्याएका छन्।

सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ वडामा १२४४ मत खसेको थियो। उक्त वडा दुवै जना नगर प्रमुखका उम्मेदवारकाे वडा समेत रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.