उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुन

|

म्याग्दी : रघुगंगा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा काँग्रेसकै प्रेमकुमारी पुन निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका भण्डारी ४ हजार ३८ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २८९ मत प्राप्त गरे। माओवादी केन्द्रकी मीना विकले ९९५ मत पाइन्।

कांग्रेसकी पुन ३ हजार ३६४ मत ल्याएर उपाध्यक्ष निर्वाचित हुँदा एमालेकी यामकुमारी गर्बुजाले ३ हजार २४५ मत प्राप्त गरिन्।  माओवादी केन्द्रका  रिमबहादुर कटुवालले एक हजार ७८३ मत ल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.