उपाध्यक्षमा कांग्रेसका श्रेष्ठ

|

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष पुनः नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।

पाँच हजार ५९१ मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्द्वी माओवादीका बद्रीबहादुर स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे। 

२०७४ चुनावमा पनि भीमफेदीको अध्यक्षमा निर्वाचित लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे।

श्रेष्ठले पाँच हजार ३१५ मत प्राप्त गरे। रानाले पाँच हजार २९९ मत ल्याइन्। अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपप्रमुखमा निर्वाचित भएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.