|

पर्वत : कास्कीको पोखरा महानगरपालिको प्रमुख पदमा नेकपा एकीकृत समाजवादीबाट गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले एमालेका उम्मेदवारसँगको मतान्तर बढाएका छन्।

आचार्यले तीन हजार ४६५ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले तीन हजार १०८ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३५७ मतको अन्तर छ। 

राप्रपाका शंकर खरालले ४६२ मत पाएका छन् भने अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २१२ मत पाएका छन्।

उपप्रमुख पदमा भने गठबन्धन अन्तर्गत कांग्रेसबाट उम्मेदवार बनेकी कोपिला रानाभाट र एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङबीच झिनो मतान्तर छ। रानाभाटले तीन हजार ६०० मत प्राप्त गर्दा गुरुङले तीन हजार ५७५ मत पाएकी छिन्। उनीहरूबिच २५ मतको मात्रै अन्तर छ। राप्रपाकी उम्मेदवार रञ्जु सेन पौडेलले ४३२ मत ल्याएकी छिन।

सार्वजनिक मत परिणाम अनुसार पोखरा महानगरपालिका–१ मा नेकपा एमालेको प्यानल र वडा–२ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन्।
पोखरा महानगरपालिकाको दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा जम्मा आठ हजार छ सय ९३ मत गणना गरिएको छ। यसरी गरिएको गणनामा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार रहेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता लिईरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.