|

खोटाङ : केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी भएका छन्।

नेकपा एकीकृत समाजवादीका माइतीराज राई र नेकपा एमालेका कृष्णकुमार राईलाई हराउँदै कांग्रेसका समीर राई गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनले दुई २४४ मत पाए। माइतीराजले एक हजार ८०८ मत र कृष्णकुमारले एक हजार ७४४ मत प्राप्त गरे। 

पराजित कृष्णकुमार राई निर्वतमान अध्यक्ष हुन्। निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित भएका थिए। 

उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका छन्। नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा जनता समाजवादीका राईले एक हजार ९८३ मत ल्याए। एमालेकी मैया सुनुवारले एक हजार ७६१ मत र कांग्रेसकी राधा पुरीले एकहजार ७४५ मत पाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.