|

म्याग्दी : मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका विजयी भएका हुन्। रोकाले तीन हजार ९६८ मत प्राप्त गरी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले दुई हजार ८०५ र नेकपा माओवादी केन्द्रका टेकबहादुर विकले एक हजार ५२१ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा एमालेकै पेमा अधिकारी ४ हजार २६१ मतसहितविजयी भएकी छिन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शर्मिला थापाले २ हजार ५९५ र नेकपा माओवादीका सुकमाया रोकाले एक हजार ३७३ मत प्राप्त गरेका छन्।

मंगला ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ। मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्षसहित १,२ र ५ गरी ३ वडा जितेको छ। माओवादीले वडा नम्बर ३ र कांग्रेसले वडा नम्बर ४ बरञ्जामा जित हासिल गरेको छ।

२०७४ सालको निर्वाचनमा जितेको वडा नम्बर ३ यो पटक एमालले गुमाएको छ भने गत चुनावमा शून्य रहेको कांग्रेसले यसपटक एउटा वडा जितेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.