|

हेटौंडा : तीन दशकदेखि हेटौंडालाई लालकिल्ला बनाउँदै आएको एमाले पाँच सयभन्दा बढी मतले पछि परेको छ। स्थानीय तह निर्वाचनको जारी मतगणनामा १२ हजार तिन सय ९२ मत गन्दा एमाले पाँच सय मतले पछि परेको हो।

मतगणनाको सुरुवातदेखि नै निरन्तरपछि परेका एमाले उम्मेदवार अनन्त पौडेलले तिनहजार २ सय ७२ मत मात्रै पाएका छन्। कडा प्रतिस्पर्धा चलिरहेको गठबन्धनकी उम्मेदवार मिनाकुमारी लामा र राप्रपा उम्मेदवार दिपक बहादुर सिंहको मतान्तर भने ३७ पुगेको छ।

तीन हजार ७ सय ९२ मतसहित लामा अगाडि हुँदा तीन हजार ७ सय ५५ मतसहित सिंहले उनलाई पच्छ्याइरहेका छन्। हेटौंडाको १ नम्वर वडाको मतगणना सकिसकेको छ भने २,३,१८ र १९ को गणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.