|

सल्यान : सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाई करेन्ट लागेको हो। गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई बिजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत विवरण आएको छैन। रागेचौर प्रहरीका अनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो। घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ। मृतकको पहिचान खुलेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.