|

विराटनगर : किरातहरू राई, लिम्बू, सुनुवार र याक्खाको महान् चाड उभौली पर्व विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन्। किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात याक्खा छुम्माको आयोजनामा उभौली पर्व मनाएका हुन्।

विराटनगरमा बसोवास गर्दै आएहेका राई, लिम्बू र याक्खा समुदायले आफ्नो संस्कार संस्कृतिअनुसार कुल देवताको पूजा आराधना गरी उभौली पर्व मनाएका हुन्।

उभौली पर्व वसन्त ऋतुमा नयाँ रोपिने बालीनाली राम्रो होस् सबैमा सुख शान्ति सुस्वास्थ्य रहोस् र दैवीप्रकोप कुनै विपत्ति नआऊन् भनी जल, जमिन साथै आ–आफ्नो इष्टदेवताको पूजा गरेर मनाइने प्रचलन छ।

लिम्बूहरूले उभौली पर्वलाई यक्वा तङनाम भन्ने गर्दछन्। नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष दिलबहादुर थेवेका अनुसार यक्वा तङनाम भनेको वीउ पूजा हो।

आधुनिक जमानामा वीउ विजनलाई रासयनिक मल लगाएर राखिने प्रचलन बढेको भए पनि आदिवासी समुदाय प्रकृतिपूजक साथै वीउविजन र प्रकृति बचाउने जाति भएकाले परापूर्वकालदेखि विभिन्न देवीदेवता भाकेर जमिनको पूजा गर्ने प्रचलन रहेको उनले बताए।

यो पर्वमा सुनुवार र राईहरू साकेला/सखेवा शिली नाच्छन् भने लिम्बु र याक्खाहरू च्याबरुङ नाच नाच्दै प्रकृतिको पूजा गर्छन्।









सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.