|

धादिङ : धादिङको ससाहमा आज दिउँसो सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। दुर्घटनामा परी  मोटरसाइकल चालक नीलकण्ठ नगरपालिका वडा नं. ७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो।

पोखरेलको उपचारको क्रममा धादिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृतक पोखरेल नीलकण्ठ ७ मा माओवादी केन्द्र तर्फका वडा सदस्य पदका उम्मेदवार समेत हुन्।

गम्भीर घाइते सोही नगरपालिका ३ का सन्तोष अधिकारीलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौं ल्याइएको प्रहरीले जनाएको छ।

धादिङबेँसीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ७०७२ नम्बरको आइचर ट्रिपरले बागमती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.