|
फाइल तस्वीर

खोटाङ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पक्राउ परेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का विजय फूयाल र सोही ठाउँका रमेश खड्कालाई प्रहरीले आज अपरान्ह पक्राउ गरेको हो। उनीहरूलाई दिक्तेलबजारबाट पक्राउ गरिएको डिएसपी उमेश लम्सालले जानकारी दिए।

उनीहरूलाई सट्टेबाजीको कसुरमा नियन्त्रणमा लिएर सत्यतथ्य अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए। सट्टेबाजी पुष्टि भएमा वर्ष दिनसम्म कैद हुने कानुनी व्यवस्था छ।

बालेन्द्रले चुनाव जितेमा रमेशले विजयलाई २८ केजीको खसी दिने र बालेन्द्र हारेमा विजयले रमेशलाई २८ केजी मासु बराबरको रकम भुक्तानी दिने भनि उनीहरूले कागज गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.