|

गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। नेपाली कांग्रेसका महेन्द्र भण्डारीलाई हराउँदै पाेखरेल दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृत मुना पाैडेलका अनुसार विजेता पाेखरेलले ६ हजार ८९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीकाे ४ हजार २६१ मत रहेकाे छ।

गाउँपालिकाको उपाध्यक्षमा सीता गिरीले ६ हजार १ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत प्राप्त गरेका छन्। धुर्कोटमा नेकपा माओवादी केन्द्र र एमाले बीचको तालमेलबाट भुपाल पोखरेल, नेपाली कांग्रेस र समाजवादी बीचको तालमेलबाट महेन्द्र भण्डारी चुनावी मैदानमा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.