|

झापा : गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका बन्धु कार्की भद्रपुर नगरपालिका ५ को वडा अध्यक्षमा निर्वाचित भएका छन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीसँग नगरमा चुनावी तालमेल गरेका कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी राप्रपाका देवकुमार घिमिरेलाई ३१९ मतान्तरले पराजित गरी वडा अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

कार्कीले १३८१ मत ल्याउँदा घिमिरेले १०६२ मत ल्याएका हुन्। एमालेका रेवती रमण खनालले २६५ र जसपाका विकास कुमार गुप्ताले ६३ मत ल्याएका छन्।

त्यस्तै वडा सदस्यमा कांग्रेसबाट नारद राजवंशी ११४८, महिला सदस्यमा ललिता ठाकुर १२२०, दलित महिला सदस्यमा मञ्जुदेवी अघोरी ११८५ मत ल्याएर विजयी भएका छन्।

गठबन्धनबाट माओवादीका वडा सदस्यका उम्मेदवार बुद्धिमान लिम्बूलाई पराजित गर्दै राप्रपाका जेष्ठमल ठाकुर विजयी भएका छन्।

ठाकुरले १०८९ र लिम्बुले ७६२ मत ल्याएका छन्। गठबन्धनबाट नगरपालिकाको मेयरमा गणेश पोखरेल र उपमेयरमा शिवकुमार राज भण्डारीले अग्रता कायम राखेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.