|

काठमाडौं : भरतपुर महानगरमा मतगणनाको क्रममा देखिएको विवाद नमिलेपछि सर्वदलीय बैठक बस्ने तयारी भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित भएपछि विवाद समाधानको लागि बैठक बस्न लागेको हो। 

मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। 

गणनाको क्रममा मत बदर भन्ने कर्मचारी निकाल्न गठबन्धनको प्रयास गरेको भएपनि एमालेले निकाल्न नदिने पक्षमा छ। ती कर्मचारी एमाले निकट रहेको स्रोतको दाबी छ। 

महानगरमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्।  

पछिल्लो मतपरिणामअनुसार रेनुले ५ हजार ३ सय ५० मत ल्याउँदा एमालेका सुवेदी ५ हजार ३ सय ३३ मत ल्याएका छन्। रेनु र सुवेदी बीच मत गणना सुरु भएदेखि नै कडा प्रतिस्पर्धा देखिएको छ।

गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेल २ हजार ५ सय ५८ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.