उपाध्यक्षमा एमाले

|

खोटाङ : रावाबेसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन्।

अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका फट्टिक श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिला गुरुङ विजयी भएका हुन्। 

श्रेष्ठले दुई हजार ४८९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका हरि पोखरेलले दुई हजार ३०३ मत प्राप्त गरे। 

उपाध्यक्षमा एमालेकी गुरुङले दुई हजार २५७ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी माओवादीका लिलानारायण श्रेष्ठले दुई हजार १२० मत प्राप्त गरेका छन्।

वडाध्यक्ष 

१ गेहेन्द्रमान राई (कांग्रेस)

२ डोलराज बस्नेत (कांग्रेस)

३ वीरेन्द्र मगर (एमाले)

४  ज्ञानहादुर पाण्डे ( कांग्रेस)

५  मनकुमार गुरुङ (कांग्रेस)

६  चिरञ्जीवी कार्की (कांग्रेस)
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.