|

पर्वत : महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ। 

अध्यक्षमा एमालेका ईश्वरीप्रसाद भुसालले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अशोक उचै ठकुरीलाई ४४७ मतान्तरमा पराजित गरेका हुन्। भुसालले दुई हजार ७५३ मत ल्याउँदा ठकुरीको पक्षमा दुई हजार ३०६ मत पाएका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्णबहादुर क्षेत्रीले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुनाथ उपाध्यायले २० मत ल्याए। 
उपाध्यक्षमा एमालेकी धनसुवा विकले नेकपा एकीकृत समाजवादीका विराज हमाललाई ७३७ मतान्तरले पराजित गरेका छन्। विकको पक्षमा दुई हजार ७०६ मत आउँदा हमालको पक्षमा एक हजार ९६९ आएको छ।

६ वटा वडा रहेको महाशिलाको एउटा बाहेक सबै वडाका अध्यक्ष पदमा एमालेले नै जित निकालेको छ। एमालेबाट वडा–१ मा तिलबहादुर मल्ल, २ मा दीपक गुरुङ, ३ मा कर्णप्रताप गुरुङ र ४ मा पूर्णप्रताप मल्ल विजयी भएका छन्।

यस्तै ५ मा नेपाली कांग्रेसका चन्द्रबहादुर मल्ल र ६ मा एमालेका गोविन्दबहादुर विक निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.