|

हेटौंडा : सदर र बदर मतको विषयले गएराति १ बजेदेखि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुन: सुरु गर्ने तयारी भएको छ।

गठबन्धन दल र नेकपा एमालेका प्रतिनिधिबीच सौहार्दपूर्ण रूपमा मतगणना गर्ने सहमतिपश्चात् वडा नम्बर ५ को मतगणना सुरु गर्ने तयारी भएको हो। 

सोमबार बेलुकी भएको विवाद सर्वदलीय बैठकमा मिलाएर सुरु गरिए पनि माओवादी केन्द्रका कारण मतगणना राति १ बजेदेखि पुन: रोकिएको थियो। 

सत्ता गठबन्धनका दलले महानगर प्रमुख पदमा रुखमा छाप लागेको मत पनि सदर गर्नुपर्ने भनेपछि विवाद भएको थियो। सर्वदलीय बैठक राखेर समाधान गरिए पनि पछि फेरि मत सदर र बदरकै विषयमा नेकपा एमाले र सत्ता गठबन्धनका नेताबीच विवाद भएपछि मतगणना रोकिएको हो । 

राति १ बजेसम्म १७ हजार ३४ मत गणना हुँदा महानगर प्रमुखमा माओवादीकी रेनु दाहाल पाँच हजार ७१८ सहित अगाडि छिन्। एमालेका विजय सुवेदीले पाँच हजार ६८८ प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ सुवेदीले दुई हजार ७८८ मत ल्याएका छन्।

उपप्रमुखतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८२ र एमालेकी हिमला गुरुङले ४ हजार ६२८ मत प्राप्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.