|

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।

राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

एमालेले मिक्लाजुङ आफ्नो पकड भएको क्षेत्रको रूपमा लिने गरेको भए पनि  गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हारेको छ। एमालेका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेलले ४ हजार ९१६ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा एमालेकी निर्मला राईले ५ हजार ४५५ मत प्राप्त गरेकी छन्।

९ वडा रहेको मिक्लाजुङमा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २-२ वडा जितेको छ। मिक्लाजुङ १ मा कांग्रेसका पर्वत राईले ९२१ मत, २ मा कांग्रेसका बलबहादुर श्रेष्ठले ६०६ मत, ३ मा एमालेका सन्तोष कुमार मगरले ८९८ मत, ४ मा कांग्रेसका विशाल राईले ९०८ मत, ५ मा मेघनाथ तामाङले ३८१ मत, ६ मा कांग्रेसका खडीबहादुर मगरले ११२२ मत, ७ मा एमालेका सुशीलराज चौहानले ८७१ मत, ८ मा माओवादीका पूर्ण बहादुर कुवरले ८०० मत र ९ मा कांग्रेसका सेमन्त राज दाहालले ६३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.