|

पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन्।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गरी एमालेका विष्णुबहादुर केसी अध्यक्ष निर्वाचित भएका हुन्। केसीले ६ हजार ७२२ मत प्राप्त गर्दा कुँवरले पाँच हजार ९५९ मत पाएका छन्।

अध्यक्ष पदमा नै प्रतिस्पर्धा गरेका नेकपा माओवादी केन्द्रका हरिमाया तिमिल्सिना अधिकारीले ४८०, जनता समाजवादी पार्टीका नवराज पौडेलले १२७, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णचन्द्र चुवाईँले १०९, मंगोल नेसनल अर्गनाइजेसनका मनतोष घलेले ९९, नेकपा (एकीकृत समाजवादी) का तुलसी दाहालले ८३ मत पाए। 

उपाध्यक्षमा एमालेकी उम्मेदवार चन्द्रकला अधिकारीले कांग्रेसकी खिमकुमारी गुरुङलाई ५९४ मतले पराजित गरेकी छिन्। अधिकारीले छ हजार ६०८ मत पाउँदा गुरुङले ६ हजार १४ मत ल्याएकी छिन्। माओवादीका धर्म बहादुर गुरुङले ६८४, राप्रपाकी सीतादेवी भण्डारीले १३४ र नेकपा एकीकृत समाजवादीकी नन्दकुमारी भण्डारीले ७५ मत प्राप्त गरेका छन्।

११ वडा रहेको अन्नपूर्णका ६ वडामा एमाले विजयी भएको छ। एमालेबाट वडा–१, ३, ६, ७, ९ र ११ मा क्रमशः तुलसीप्रसाद अधिकारी, फणीन्द्रप्रसाद पौडेल, एकदेव देवकोटा, भरतमान गुरुङ, रमेश गुरुङ र हिमबहादुर गुरुङ ६८४ विजयी भएका छन्।

पाँच वडामा कांग्रेसले जितेको छ। कांग्रेसले वडा–२, ४, ५, ८ र १० मा जित हात पारेको हो। उनीहरू क्रमशः पीताम्बर भण्डारी, आइनदल गुरुङ, जीवनाथ पौडेल, विजय गुरुङ र गौतम गुरुङ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.