|

ललितपुर : महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका गणेश केसी विजयी भएका छन्। उनी तीन हजार ४५५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला तामाङले दुई हजार ८८७ मत ल्याए।

गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोले विजयी भएकी छिन्।  उनले तीन हजार १५२ मत ल्याउँदा एमालेका पुरुषोतम हुमागाईँले दुई हजार ७८७ पाए।

गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर र ३ मा मनोजकुमार पराजुली विजयी भएका छन्। यस्तै ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र ६ मा विनोद चौरेल विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.