|

सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का बज्रध्वज बाइबा विजयी भएका छन्। एमालेका मानबहादुर बाइबालाई १ हजार १ सय १३ मतले हराउँदै बज्रध्वज अध्यक्षमा निर्वाचित भएका हुन्।

बज्रध्वजले ४ हजार ७ सय २९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मान बहादुरकाे ३ हजार ६ सय १६ मत रहेकाे छ।​ हरिहपुरगढी गाउँपालिकाको उपाध्यक्षमा गठबन्धन दल नेपाली कांग्रेसका चेखबहादुर बाइबा ५ हजार ७ सय ३ मत ल्याएर विजयी भएका छन्। उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका
उपाध्यक्षका उम्मेदवार निर्मला ठाडा मगरलाई २ हजार ८ सय ४८ मतान्तरले पराजित गरेका हुन्।

पराजित ठाडा मगरले २ हजार ८ सय ५५ मत ल्याएकी छिन्। ८ वटा वडा रहेको हरिहरपुरगढी गाउँपालिका वडा नं. १ मा नेकपा एमाले, वडा नं. २ मा नेपाली काग्रेस, वडा नं. ३,४,५,६,७ र ८ मा नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष सहित प्यानल नै विजयी भएका छन्। एमालेबाट हरिहरपुरगढी गाउँपालिका १ मा जित बहादुर थिङ, नेपाली काग्रेसबाट वडा नंं. २ मा विश्व राई वडाअध्यक्षमा विजयी भएका छन्।

माओवादी केन्द्रबाट हरिहरपुरगढी गाउँपालिकाको वडा नं. ३ मा कुल बहादुर भोलन (उज्ज्वल), वडा नं. ४ मा कमल कुमार राई, वडा नं. ५ मा साहिला लामा, वडा नं. ६ मा एक बहादुर मोक्तान, वडा नं. ७ मा बिच बहादुर मोक्तान र वडा नं. ८ मा धन बहादुर मोक्तान वडा अध्यक्षमा विजयी भएका छन्। हरिहरपुरगढी गाउँपालिकामा कुल मतदाता संख्या १७ हजार ४६३ रहेको छ भने निर्वाचनमा ११ हजार ८ सय ५९ मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.