|

पर्वत : कास्कीको रूपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार नवराज ओझाले कांग्रेसकी उम्मेदवार गी माया गुरुङलाई एक हजार ६१२ मतले पराजित गरेका हुन्। ओझाले पाँच हजार ७४९ मत पाउँदा गुरुङले चार हजार १३७ मत ल्याएकी छिन्।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार सोमनाथ अधिकारीले २१ मत पाएका छन्।

उपाध्यक्षमा पनि एमालेकी लालसुवा गुरुङले काँग्रेसका नारायणकुमार श्रेष्ठलाई एक हजार ७५ मतले पराजित गरेकी छिन्। गुरुङले पाँच हजार ४४५ मत पाउँदा श्रेष्ठले चार हजार ३७० मत पाएका छन्। राष्ट्रिय जनमोर्चाकी शान्ति देवी बोहराले २५ र नेकपा एकीकृत समाजवादीका कपिल पौडेलले १ मत प्राप्त गरे। 

सात वडामध्ये एउटामा मात्रै कांग्रेसले जित हात पारेको छ।  बाँकी ६ वडाका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।

वडा–१ मा मा कांग्रेसका रामबहादुर गोदारले एमालेका शिवप्रसाद खनाललाई ४१७ मतान्तरले पराजित गरे। गोदारले ७७९ मत पाउँदा खनालले ३६२ मत पाएका छन्।

२, ३, ४, ५, ६ र ७ माएमालेका उम्मेदवार क्रमशः राजन सुवेदी, दीपेन्द्र गौतम, दीपेन्द्रबहादुर वंशी, राजन खनाल, नारायण गुरुङ र कृष्णराज सुवेदी विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.