|

कास्की : कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले विपक्षी एमालेका उम्मेदवारसँगको अन्तरलाई झन् झन् फराकिलो पार्दै लगेका छन्।

मतगणनाको सुरुवाती चरणमा झिनो अन्तरले मात्रै अगाडि रहेका नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आचार्यले पछिल्लो पटक एमालेका उम्मेदवार कृष्ण थापालाई ७९५ मतले पछाडि पारेका छन्। पछिल्लो सार्वजनिक मत परिणामअनुसार कुल १५ हजार ९७२ मत गणना हुँदा आचार्यले छ हजार ५७९ मत पाएका छन् भने थापाले ५ हजार ७८४ मत ल्याएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शङ्कर खरालले ७६६ र अटेरी अभियानका उम्मेदवार गनेश पौडेलले ३८४ मत पाएका छन्। उपप्रमुखतर्फ पनि गठबन्धनले एमालेसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेको छ।

सोमबारको गणनामा एकपटक एमालेकी उम्मेदवार मञ्जु देवी गुरुङले गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई पछाडि पारेको भए पनि मङ्गलवार रानाभाटले नै अग्रता कायम गरेकी छिन्। उनीहरुबीच १३६ मतको फरक रहेको छ। रानाभाटले ६ हजार ७३४ मत ल्याउँदा मञ्जु देवी गुरुङले ६ हजार ५९८ मत पाएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जना शेन कुमारी पौडेलको ६८५ मत आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.