दैलेख : दैलेखको नारायण नगरपालिकामा एमाले विजयी भएको छ। गठबन्धनका उम्मेदवारहरूलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन।
नगर प्रमुखमा एमालेका लोमन शर्माले ५४३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै तप्ताकुमारी थापाले ५६७३ मत ल्याएर विजयी भएकी दैलेखका मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले बताए।
एमालेबाट प्रमुखमा शर्मा विजयी हुँदा गठबन्धनबाट कांग्रेसका निर्मलाकुमारी खड्का (थापा)ले ५३५७ मत प्राप्त गरेका जनाइएको छ। यस्तै,उपप्रमुखमा एमालेकी खड्का विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल पराजित भएकी हुन्। मल्लले ३८३८ मत प्राप्त गरेकी छन्।
सावित्री मल्ल नारायण नगरपालिका दैलेखको निवर्तमान नगर उपप्रमुख हुन् । ०७४ मा भएको स्थानीय तह निर्वाचनमा मल्लले एमालेबाट नगरपालिका उपप्रमुखमा विजयी भएकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।