|

काठमाडाैं : गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाकाे सफल आरोहण गरेका छन्। साेमबार बिहान ६ बजेर ४० मिनेटमा २७ जनाको टाेलीसहित लामाले सगरमाथा आराेहण गरेका हुन्।

नेपालसहित चीन, अष्ट्रेलिया, रुस, पाकिस्तान गरी ५ देशका आराेही सम्मिलित टाेलीले एकसाथ सगरमाथाकाे सफल आराेहण हाे। यसअघि नै सगरमाथा आराेहणकाे लागि आधार शिविर पुगेका गायक लामाले प्रतिकुल माैसमका कारण आराेहण गर्न सकेका थिएनन्। लामा जलवायु परिवर्तका कारण, यसका असर तथा राेकथामका लागि जनचेतना फैलाउनकाे लागि सगरमाथा आराहण गरेका हुन्।

यसैबिचमा उनले सबैभन्दा अग्लाे ठाउँमा एकल कन्सर्ट गरी विश्व किर्तिमान कायम गरेका थिए। सगरमाथा आरोहरणकै दौरानमा ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट गरी नयाँ किर्तिमान बनाएका हुन्। 

'पर्खाइमा', 'म माया लाउँदिन', 'तिमीलाई देखेर', 'बादल पारिकाे देशबाट' लगायतका दर्जनाैँ चर्चित गीत गाएका लामा झण्डै तीन दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.