|

काठमाडौं : नेपाली अभिनेत्री सुरक्षा पन्त फ्रान्समा हुने विश्व प्रसिद्ध क्यान्नस फिल्म फेस्भिलमा जाने भएकी छन्। सुरक्षाले सामाजिक सञ्जाल फेसबुक मार्फत क्यान्नस फिल्म फेस्टिभलमा जान लागेको जानकारी दिएकी हुन्। 

केही समयअघि इटालियन फिल्म 'द एट माउन्टेन' नामक फिल्ममा अभिनय गर्ने अवसर मिलेको र उक्त फिल्म क्यान्नस फिल्म फेस्टिभलमा छनोट भएका कारण आफू पनि जान लागेको उनले बताएकी छन्। फ्लिक्स भ्यान जर्जियन र सार्लेट भान्डरमिर्सको निर्देशनमा बनेको फिल्ममा मित्रताको कथा रहेको छ। 

सन १९४६ देखि सुरु भएको क्यान्नस फिल्म फेस्टिभल विश्वका उत्कृष्ट पाँच फिल्म फेस्टिभल मध्येमा गनिन्छ। त्यस्तो प्रतिष्ठित फेस्टिभलमा जान पाउँदा उत्साहित रहेको सुरक्षाले जनाएकी छन्। बुधबार फेस्टिभलबाटै फिल्मको प्रिमियर हुँदैछ। त्यसको लागि सुरक्षा मंगलबार नै फ्रान्स पस्थान गर्दैछिन्।​


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.